ऐयर कोलकाताको कप्तान चयन
बुधबार, ०४ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान श्रेयस ऐयर इन्डियन प्रिमियर लिग (आईपीएल) टिम कोलकाता नाईटराईडर्सको कप्तान चयन भएका छन् ।
१५ औं संस्करणको आईपीएलका लागि कोलकाताले ऐयरलाई कप्तान नियुक्त गरेको हो ।
आईपीएल मार्चका अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ ।
ऐयरलाई कोलकाताले १२ करोड २५ लाख भारतीय रुपैयामा टिममा भित्र्याएको थियो ।
यस अघि ऐयरले दिल्ली क्यापिट्ल्सको कप्तानी गरिसकेका छन् ।
#श्रेयस ऐयर







-1767418559420.jpeg&w=3840&q=75)



-1767597180139.jpeg&w=3840&q=75)


-1767582128729.webp&w=3840&q=75)
-1767541422718.webp&w=3840&q=75)
