बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा

मंगलबार, ०३ फाल्गुण २०७८खेलपाटी संवाददाता
महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

काठमाडौं ।  राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

ललितपुरस्थित नखिपोट कभर्डहलमा सुरु प्रतियोगिताको महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

 नेपाल ब्याडमिन्टन संघको १२ औं वरीयताभित्र रहेका महिला खेलाडीबीचको प्रतिस्पर्धामा नम्बर एक खेलाडी नङ्गशल तामाङ दुबै खेलमा जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भईन् ।

भोजपुरकी तामाङले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गर्दै लिगमा पहिलो स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पनि आफ्नो दुबै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । सेनाकी उनले समूह सीको पहिलो खेलमा एपिएफकी जेशिका गुरुङलाई २१–१५, २१–१६ ले र दोश्रो खेलमा फिलेट नेपालकी तारा आले मगरलाई २१–७, २१–७ को समान अन्तरले पराजित गरेकी हुन् ।

सेनाकी अमिता गिरी पनि समूह बि को बिजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गर्न सफल भईन् । उनले पहिलो खेलमा फिलेट नेपालकी मनिषा खड्का माथि २१–७, २१–७ र सेनाकी प्राथना देउवा माथि १९–२१, २१–१६, २१–१७ को जित निकालिन् । यसै गरि सेनाकी अनुमाया राईले पनि समूह डी मा दुवै जित हात पार्दै क्वाटरमा स्थान पक्का गरिन् । राईले पहिलो खेलमा एपिएफकी शोभा गौचनमाथि २१–१२, २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४, २३–२१ को जित निकालिन् ।

यसै गरि समूह ए मा एपिएफकी सुनैना मुखियाले सेनाकी रोज पाण्डेलाई २१–५, २१–१५ ले पराजित गर्दै उपबिजेतको रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भईन् । समूह बीमा सेनाकी प्राथना देउवाले पनि अन्तिम ८ मा स्थान पक्का गरिन् । उनले फिलेटकी मनिषा खड्कालाई २१–६, २१–५ले पराजित गरिन् । समूह सीबाट उपबिजेताको रुपमा एपिएफकी जेशिका गुरुङ क्वाटरफाइनलमा प्रवेश गरिन् । उनले फिलेट नेपालकी तारा आले मगरलाई २१–११, २१–१४ ले पराजित गरिन् । समूह डी तर्फ पुलिसकी निता लम्सालले जित हात पार्दै उपबिजेताको रुपमा अन्तिम ८ मा स्थान बनाईन् । निताले एपिएफकी शोभा गौचनलाई २१–१७, २१–१५ ले पराजित गरिन् ।

पुरुषको उच्च १६ वरीयता प्राप्तको एकल प्रतिस्पर्धामा एपिएफका दीपेश धामीले समूह ए मा दुई खेलमा जित हात पारे । उनले पहिलो खेलमा सेनामा प्रफुल महर्जनलाई २१–१५, १८–२१, २१–१४ ले र दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–८, २१–१२ले पराजित गरे ।

सोही समूहमा सुनिल जोशीले एक जित र एक हार बेहोरो । पुलिसका उनले पहिलो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–१५, २१–१४ ले पराजित गरे भने दोश्रो खेलमा सेनाका प्रफुल महर्जन संग २१–१३, २१–१५ ले पराजित भए । समूह बिको खेलमा सेनाका नविन श्रेष्ठले दुवै खेल जिते । उनले पहिलो खेलमा एपिएफका साजन कृष्णा ताम्राकारलाई २१–१५, ९–२१, २१–५ ले र दोश्रो खेलमा पुलिसका जीवन आचार्यलाई २१–७, २१–१५ ले पराजित गरे । सोही समूहमा एपिएफका साजन कृष्ण ताम्रकारले र पुलिसका जीवन आचार्यले एक एक खेल जिते । ताम्रकारले एपिएफका देवराज रानालाई १९–२१, २२–२०, २१–१६ ले तथा आचार्यले पनि देवराजलाईनै २१–१७, २१–१८ ले पराजित गरे ।

समूह सीको खेलमा एपिएफका बिजित थापा मगरले दुई जित निकाले । उनले पहिलो खेलमा बाँकेका बिलाल बारिसलाई २१–९, २१–१० र धातुका सुदीप सेढाईलाई २१–१४, २१–१७ ले हराए । सुदीपले आफ्नो पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१९, २१–१७ ले तथा बोहराले बाँकेका बिलाल वारिसलाई २१–५, २१–१५ ले पराजित गरे ।

समूह डीको खेलमा १० औं संस्करणका विजेता रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले दुवै खेलमा जित निकाले ।

प्रिन्सले पहिलो खेलमा पुलिसका बिष्णु कटुवाललाई २१–९, २१–१०ले तथा एपिएफका निराजन देवकोटालाई २१–४, २१–९ ले पराजित गरे । यस्तै रुकेशले पहिलो खेलमा निराजन देवकोटालाई २१–१०, २१–८ ले तथा दोश्रो खेलमा पुलिसका बिष्णुलाई २१–१३, २१–१२ ले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघिय साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एक कार्यक्रमकाबीच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

सोही कार्यक्रममा हालै विश्व ब्याडमिन्टनको जुनियर तर्फ नम्बर १ हुन सफल प्रिन्स दाहाल र महिला युगल तर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै उनीहरुलाई नगद ८ हजार ५ सय पनि प्रदान गरिएको थियो ।  

Loading ad...
LiNing Ad
लिनिङ पुष्पलाल स्मृती ब्याडमिन्टन : महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा