• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा
खेलपाटी संवाददाता
मंगलबार, फागुन ३, २०७८ खेलपाटी संवाददाता
महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं ।  राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको लिनिङ ११ औं पुष्पलाल स्मृती वरीयता राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ।

ललितपुरस्थित नखिपोट कभर्डहलमा सुरु प्रतियोगिताको महिलातर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

 नेपाल ब्याडमिन्टन संघको १२ औं वरीयताभित्र रहेका महिला खेलाडीबीचको प्रतिस्पर्धामा नम्बर एक खेलाडी नङ्गशल तामाङ दुबै खेलमा जित हात पार्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भईन् ।

भोजपुरकी तामाङले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गर्दै लिगमा पहिलो स्थानका साथ क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।

यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पनि आफ्नो दुबै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । सेनाकी उनले समूह सीको पहिलो खेलमा एपिएफकी जेशिका गुरुङलाई २१–१५, २१–१६ ले र दोश्रो खेलमा फिलेट नेपालकी तारा आले मगरलाई २१–७, २१–७ को समान अन्तरले पराजित गरेकी हुन् ।

सेनाकी अमिता गिरी पनि समूह बि को बिजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गर्न सफल भईन् । उनले पहिलो खेलमा फिलेट नेपालकी मनिषा खड्का माथि २१–७, २१–७ र सेनाकी प्राथना देउवा माथि १९–२१, २१–१६, २१–१७ को जित निकालिन् । यसै गरि सेनाकी अनुमाया राईले पनि समूह डी मा दुवै जित हात पार्दै क्वाटरमा स्थान पक्का गरिन् । राईले पहिलो खेलमा एपिएफकी शोभा गौचनमाथि २१–१२, २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४, २३–२१ को जित निकालिन् ।

यसै गरि समूह ए मा एपिएफकी सुनैना मुखियाले सेनाकी रोज पाण्डेलाई २१–५, २१–१५ ले पराजित गर्दै उपबिजेतको रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भईन् । समूह बीमा सेनाकी प्राथना देउवाले पनि अन्तिम ८ मा स्थान पक्का गरिन् । उनले फिलेटकी मनिषा खड्कालाई २१–६, २१–५ले पराजित गरिन् । समूह सीबाट उपबिजेताको रुपमा एपिएफकी जेशिका गुरुङ क्वाटरफाइनलमा प्रवेश गरिन् । उनले फिलेट नेपालकी तारा आले मगरलाई २१–११, २१–१४ ले पराजित गरिन् । समूह डी तर्फ पुलिसकी निता लम्सालले जित हात पार्दै उपबिजेताको रुपमा अन्तिम ८ मा स्थान बनाईन् । निताले एपिएफकी शोभा गौचनलाई २१–१७, २१–१५ ले पराजित गरिन् ।

पुरुषको उच्च १६ वरीयता प्राप्तको एकल प्रतिस्पर्धामा एपिएफका दीपेश धामीले समूह ए मा दुई खेलमा जित हात पारे । उनले पहिलो खेलमा सेनामा प्रफुल महर्जनलाई २१–१५, १८–२१, २१–१४ ले र दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–८, २१–१२ले पराजित गरे ।

सोही समूहमा सुनिल जोशीले एक जित र एक हार बेहोरो । पुलिसका उनले पहिलो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–१५, २१–१४ ले पराजित गरे भने दोश्रो खेलमा सेनाका प्रफुल महर्जन संग २१–१३, २१–१५ ले पराजित भए । समूह बिको खेलमा सेनाका नविन श्रेष्ठले दुवै खेल जिते । उनले पहिलो खेलमा एपिएफका साजन कृष्णा ताम्राकारलाई २१–१५, ९–२१, २१–५ ले र दोश्रो खेलमा पुलिसका जीवन आचार्यलाई २१–७, २१–१५ ले पराजित गरे । सोही समूहमा एपिएफका साजन कृष्ण ताम्रकारले र पुलिसका जीवन आचार्यले एक एक खेल जिते । ताम्रकारले एपिएफका देवराज रानालाई १९–२१, २२–२०, २१–१६ ले तथा आचार्यले पनि देवराजलाईनै २१–१७, २१–१८ ले पराजित गरे ।

समूह सीको खेलमा एपिएफका बिजित थापा मगरले दुई जित निकाले । उनले पहिलो खेलमा बाँकेका बिलाल बारिसलाई २१–९, २१–१० र धातुका सुदीप सेढाईलाई २१–१४, २१–१७ ले हराए । सुदीपले आफ्नो पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१९, २१–१७ ले तथा बोहराले बाँकेका बिलाल वारिसलाई २१–५, २१–१५ ले पराजित गरे ।

समूह डीको खेलमा १० औं संस्करणका विजेता रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले दुवै खेलमा जित निकाले ।

प्रिन्सले पहिलो खेलमा पुलिसका बिष्णु कटुवाललाई २१–९, २१–१०ले तथा एपिएफका निराजन देवकोटालाई २१–४, २१–९ ले पराजित गरे । यस्तै रुकेशले पहिलो खेलमा निराजन देवकोटालाई २१–१०, २१–८ ले तथा दोश्रो खेलमा पुलिसका बिष्णुलाई २१–१३, २१–१२ ले पराजित गरे ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघिय साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एक कार्यक्रमकाबीच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

सोही कार्यक्रममा हालै विश्व ब्याडमिन्टनको जुनियर तर्फ नम्बर १ हुन सफल प्रिन्स दाहाल र महिला युगल तर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै उनीहरुलाई नगद ८ हजार ५ सय पनि प्रदान गरिएको थियो ।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकल कातामा एलिनालाई स्वर्ण
एकल कातामा एलिनालाई स्वर्ण
सिल्भा सिटीको नयाँ कप्तान
सिल्भा सिटीको नयाँ कप्तान
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
टेस्ट क्रिकेट खेल्ने लक्ष्यसहित अगाडि बढ्दै नेपाल
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
महिला टी–२० विश्वकपको उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र श्रीलंका भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP