सुन्दरले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने
सोमबार, ०२ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेट टिमका बलर वासिङटन सुन्दरले वेस्ट इन्डिजविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज गुमाउने भएका छन् ।
घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको सिरिज खेल्दैछ ।
पहिलो खेल कोलकातामा फेब्रुअरी १६ मा हुनेछ ।
ह्यामस्ट्रिङ इन्जुरीका कारण सुन्दरले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् ।
यस अघि घाइते भएपछि उपकप्तान केएल राहूल र अलराउन्डर अक्सर पटेल पनि टी–ट्वान्टी सिरिजबाट बाहिरिसकेका थिए ।
#वासिङटन सुन्दर











-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
