पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग
मंगलबार, २५ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । पूर्व अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ।
संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग प्रदान गरिएको हो ।
संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आईरहेकी राणालाई सहयोग प्रदान गरेका छन्।
ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेकी राणा विगत लामो समय देखि ब्लड क्यान्सरसँग संघर्ष गर्दै आईरहेकी छिन् ।
रोगकै कारण हाल उनले आर्थिक कठिनाई ब्यहोर्दै आईरहेकी छिन् ।
पूर्व अन्तर्राष्ट्रिय खेलाडी राणालाई सहयोग प्रदान









%20(1)-1769779466492.jpeg&w=3840&q=75)

-1769769455928.jpeg&w=3840&q=75)



-1769690582903.jpeg&w=3840&q=75)
