काठमाडौं । घरेलु टोली भारतले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा वेस्ट इन्डिजलाई हराएको छ ।
अहमदाबादमा आइतबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो ।
भारतको यो एक हजार एकदिवसीय खेल हो । एक हजार एकदिवसीय खेल्ने भारत पहिलो टोली समेत बनेको छ ।
वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको सामान्य लक्ष्य भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
सूर्यकुमार यादवले अविजित ३४ रन जोड्दा इशान किशनले २८ रन बनाए ।
दिपक होडाले अविजित २६ रन बनाए । विराट कोहली ८ रनमा आउट भए ।
वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७६ रन बनाएको थियो ।

वेस्ट इन्डिजका जासन होल्डरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
फाबियन एलनले २९ रन जोडे । निकोलस पुरन र डरेन ब्राभोले समान १८ रन जोड्दा ब्रान्डन किङले १३ रन बनाए ।
भारतका युजभेन्द्र चाहलले ४ विकेट लिए । वासिंगटन सुन्दरले ३ तथा प्रसिद्ध कृष्णले २ विकेट लिए ।
यस जितसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय बुधबार हुनेछ ।