माटियोद्वारा सम्झौता नवीकरण
शुक्रबार, माघ २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानका डिफेन्डर माटियो गाबियाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्।
मिलानले शुक्रबार सेन्टरब्याक माटियोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
२२ वर्षीय डिफेन्डर अब २०२६ सम्म मिलानमा रहने छन् ।
मिलानको एकेडेमीमा हुर्किएका माटियोले मिलानका लागि ३१ खेल खेलेका छन् ।
माटियोले इटालीको युथ टिमबाट खेलिसकेका छन् ।
इटालीको सिनियर टिमका लागि भने डेब्यु गरेका छैनन् ।
माटियोद्वारा सम्झौता नवीकरण






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

