रियल कोपा डेल रेबाट बाहिरियो
शुक्रबार, माघ २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १-० गोल अन्तरले हराउँदै रियल बाहिरिएको हो ।
बिल्बाओलाई जित दिलाउन एलेक्स बेरेन्गुएरले निर्णायक गोल गरे ।
एलेक्सले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
यस जितसँगै बिल्बाओ सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्को खेलमा रियल बेटिसले जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।
बेटिसले बिहीबार राति रियल सोसिडाडलाई ४-० ले हराएको हो ।
रियल कोपा डेल रेबाट बाहिरियो






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

