मयंकलाई भारतीय टिममा मौका
बिहिबार, २० माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तीन खेलका एकदिवसिय क्रिकेट सिरिजका लागि भारतले ब्याट्सम्यान मयंक अग्रवाललाई टोलीमा समावेश गरेको छ ।
भारतीय टिमका चार खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएपछि एकदिवसिय सिरिजका लागि मयंक अग्रवाललाई टोलीमा बोलाइएको हो ।
पाहुना टोली वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसिय फेब्रुअरी ६ तारिखमा हुनेछ ।
शिखर धवन, श्रेयास ऐयर र रुतुरात गैकवाड तथा स्टयान्डबाई बलर नभदिप सैनीमा कोभिड पोजेटिभ देखिएको छ ।
त्यसैगरी, फिल्डिङ प्रशिक्षक टि दिलिपसहित टिमका अन्य दुई पदाधिकारीलाई पनि कोरोना संक्रमण भएको छ ।
भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको एकदिवसिय तथा तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।
#मयंक अग्रवाल







-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)



-1765539955299.jpeg&w=3840&q=75)

