काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा क्यानडाले जित निकालेको छ ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत बिहीबार क्यानडाले एल साल्भाडोरलाई २-० गोल अन्तरले हराएको हो ।
क्यानडाको जितमा एटिबा हचिन्सन र जोनाथन डेभिडले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा हचिन्सनले गोल गर्दै क्यानडालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा डेभिडले गोल गर्दै क्यानडालाई २-० को जित दिलाए ।
यस जितसँगै क्यानडा विश्वकपको नजिक पुगेको छ ।
छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अंक जोडेको छ ।
साल्भाडोर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।