काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अमेरिकाले होन्डुरसलाई हराएको छ ।
कोन्काफ छनोटको प्ले अफ अन्तर्गत अमेरिकाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो ।
अमेरिकालाई जित दिलाउन वेस्टन म्याककेनी, वाल्कर जिमरम्यान र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा म्याककेनीले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
३७ औं मिनेटमा वाल्करले अमेरिकाको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा पुलिसिचले गोल गर्दै अमेरिकालाई ३-० को जित दिलाए ।
यस जितसँगै अमेरिकाले ११ खेलमा २१ अंक जोडेको छ ।
अमेरिका अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
अमेरिकाको विश्वकपमा पुग्ने सम्भावना कायम छ ।
होन्डुरस ३ अंक जोडेर पुछारमा रहेको छ ।