ट्राओरेलाई ११ नम्बरको जर्सी
बुधबार, १९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका विंगर एडमा ट्राओरेले ११ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले ट्राओरेलाई ११ नम्बरको जर्सी दिईएको जनाएको छ ।
बार्सिलोनाले यस सिजनको अन्तिमसम्मका लागि उल्भ्सबाट उनलाई लोनमा अनुबन्ध गरेको हो ।
उल्भ्सले ट्राओरेलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ ।
ट्राओरे ७ वर्षपछि बार्सिलोना फर्किएका हुन् ।
उनी २०१५ मा बार्सिलोनाबाट एस्टन भिल्ला गएका थिए ।
यस अघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो । टोटेनहमको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको थियो ।
२५ वर्षीय विंगर २०१८ मा उल्भ्स आएका थिए ।
ट्राओरेलाई ११ नम्बरको जर्सी












