ग्रीनउड जमानतमा रिहा
बुधबार, १९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड जमानतमा रिहा भएका छन् ।
प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई इंग्ल्यान्ड प्रहरीले पक्राउ गरेको थियो ।
प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए । रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो ।
विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।
ग्रीनउड जमानतमा रिहा












