अबमेयाङ बार्सिलोनामा अनुबन्धित
बुधबार, १९ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले गाबोनका फरवार्ड पिएरे एमरिक अबमेयाङलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले बुधबार ३२ वर्षीय स्ट्राइकर अबमेयाङलाई अनुबन्ध गरिएको जनाएको छ ।
आर्सनलका पूर्व कप्तान समेत रहेका अबमेयाङले बार्सिलोनासँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाले उनको रिलिज क्लउज १०० मिलियन युरो राखेको छ ।
अबमेयाङले डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि आर्सनलका लागि खेलेका थिएनन् ।
अबमेयाङले आर्सनलका लागि १ सय ६३ खेलमा ९२ गोल गरेका थिए ।
यस सिजन अबमेयाङले १५ खेलमा ७ गोल गरेका थिए ।
अबमेयाङ बार्सिलोनामा अनुबन्धित






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


