‘राष्ट्रिय गान गाउन पाँउदाको क्षणलाई अरु कुरासँग तुलना गर्न सक्दिन’

काठमाडौं । लामो समयपछि नेपाली राष्ट्रिय फुटबल टिमका लागि मैदानमा उत्रिएका स्ट्राइकर विमल घर्ती मगरले नेपालको झण्डासहितको जर्सी लगाएर राष्ट्रिय गान गाउन पाँउदाको क्षणलाई अरु कुरासँग तुलना गर्न नसकिने बताएका छन् ।
घुँडाको चोटमुक्त हुदै करिब ३ वर्षपछि मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा विमल मैदानमा उत्रिएका थिए ।
दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा मरिससविरुद्ध नेपालले १–० को जित निकाल्दा विमलले निर्णायक गोल गरेका थिए ।
‘उतार चढाव पश्चात शारिरीक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डा अंकीत जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउदाको क्षण लाई म अरकुनै कुरासँग तुलना गर्न सक्दिन!’ सामाजिक सञ्जाल फेसबुकमा विमलले लेखेका छन् ।
मरिससविरुद्धको पहिलो खेलमा प्लेयर अफ द म्याच चुनिएका विमलले थप लेखेका छन्, ‘सायद सूर्य अस्ताउने भनेकै भोली उदाउनको लागि हो !’
मरिससविरुद्धको गोलसँगै विमलको अन्तर्राष्ट्रिय गोल संख्या ९ पुगेको छ ।
विमलले निकै लामो समय प्रत्यक्षरूपमा मैदान भित्र नरहदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरहेको लेखेका छन् ।
‘टिमको साथ, दर्शकको माया र प्रशिक्षक को विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’
विमलले अन्तिम यस अघि सन् २०१९ को नोभेम्बरमा म्यानमारविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।
चोटबाट मुक्त भएपछि विमलले सहिद स्मारक ए डिभिजन लिग मछिन्द्र क्लबबाट खेल्दै आएका छन् ।






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


