काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई रिलिज गरेको छ ।
एन्फाले राष्ट्रिय टिममा रहेका ३४ खेलाडी रिलिज गरेको हो ।
कोभिड-१९ को बुस्टर डोज लगाएर खेलाडीलाई रिलिज गरिएको एन्फाले जनाएको छ ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडी राष्ट्रिय टोलीमा रहेका थिए ।
दुबै मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई हराएको थियो । नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रविरुद्ध खेलेको थियो ।
शनिबार भएको पहिलो खेलमा नेपालले मरिससलाई १-० ले हराएको थियो । जसमा विमल घर्ति मगरले गोल गरेका थिए ।
यस्तै मंगलबार भएको दोस्रो मैत्रीपूर्णमा समेत नेपालले १-० को नतिजा निकालेको थियो । यस खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।