शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

सदस्य सचिवको वैकल्पिक व्यवस्था गर्दै मन्त्रालय

बुधबार, माघ १९, २०७८हिम बिक्रम केसी
सदस्य सचिवको वैकल्पिक व्यवस्था गर्दै मन्त्रालय
Classic Tech Internet Ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको वैकल्पिक व्यवस्थाको तयारीमा जुटेको छ । 

राखेप सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै खेलकुदको सिंगो काम प्रभावित बनेपछि मन्त्रालय वैकल्पिक व्यवस्थाको तयारीमा लागेको हो ।

राखेपको विवाद अदालतमा विचाराधिन रहेको अवस्थामा मन्त्रालयले सरकारका महान्याधिबक्ता सहित कानुन बिज्ञसँग छलफल गरेको थियो ।

तत्काल सदस्य सचिवको विवाद टुङ्गो लाग्ने नदेखिएपछि मन्त्रालयले वैकल्पिक व्यवस्था गरेर राखेपलाई अघि बढाउने तयारी गरेको हो । 

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राखेपको अबरुद्ध काम सुचारु गर्ने तयारीका लागि मन्त्रालय अघि बढेको खेलपाटीलाई बताए । 

‘तत्काल देखिएको सदस्य सचिवको विषय राजनीतिक र अदालतको विषय हो । तर अबरुद्ध काम सुचारु गर्ने विषयमा मन्त्रालय गम्भिर छ । विद्यमान ऐन, कानुन अन्तर्गत रहेर अबरुद्ध काम सुचारु गर्ने मन्त्रालयको तयारी छ ।’ रेग्मीले भने । 

राखेपमा सदस्य सचिव नहुँदा सिंगो खेलकुदको काम प्रभावित बनेको छ । युवा तथा खेलकुद मन्त्रालयको करिब ९८ प्रतिशत नीति तथा कार्यक्रम राखेपबाट सञ्चालन हुने गरेको छ । 

सरकार परिवर्तनसँगै राखेप सदस्य सचिवको विवाद सतहमा आएको हो । सरकारले रमेश सिलवाललाई पदमुक्त गर्दै टंकलाल घिसिङलाई राखेप सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सरकारको निर्णयविरुद्ध सिलवाल अदालत गएका थिए । अदालतले सरकारका दुवै निर्णयलाई यथावत राख्न आदेश दिदै अन्तरिम आदेश दिने-नदिने विषयमा छलफलमा बोलाएको थियो ।

सदस्य सचिवको मुद्धा अदालतमा लामो समय विचाराधिन हुँदा सम्पुर्ण खेलकुद क्षेत्र प्रभावित बनेको छ । अदालतको ढिलाईका कारण सिंगो खेलकुद भद्रगोल अवस्थामा पुगेको छ ।

सर्वोच्च अदालतले राखेप सदस्य सचिवको मुद्धाको पेश माघ २४ गतेका लागि राखेको छ । तर कोरोना महामारीको तेस्रो लहरका कारण अदालतको काम कारबाही समेत प्रभावित छ । सोही दिन समेत सदस्य सचिवको विषयमा फैसला हुने सम्भावना कम छ । सोही कारण मन्त्रालय वैकल्पिक व्यवस्था गरेर राखेपको काम कारबाही अघि बढाउने अवस्थामा पुगेको हो । 

‘सुरुवातमा अदालतले चाँडै निकास दिन्छ भन्ने थियो । पुस १२ सम्म फैसला आउने अपेक्षा थियो । तर यो लम्बिदै गएको छ । यसले मन्त्रालयको काम भैरहेको छैन । त्यसैले वैकल्पिक व्यवस्था गर्न खोजेका हौं ।’ सचिव रेग्मीले भने ।

मन्त्रालयले राखेपमा सदस्य सचिव नभएको अवस्थामा राष्ट्रिय खेलकुद विकास ऐन अनुसार नयाँ व्यवस्था गर्न खोजेको छ । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को १२ मा कुनै कारणले सदस्य सचिवको पद रिक्त भएका वा कुनै कारणले निलम्बन भएमा अर्को सदस्य सचिव नियुक्ति वा निजको निलम्बन फुकुवा नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कर्मचारीलाई सदस्य सचिवको रुपमा कामकाज गर्ने गरि तोक्न सक्ने अवस्था छ । 

ऐनको सोही व्यवस्था अनुसार मन्त्रालयबाट सह–सचिव स्तरको कर्मचारी पठाउने कि राखेपको वरिष्ठतम् कर्मचारीलाई कामकाज गर्ने गरि जिम्मेवारी दिने विषयमा छलफल भैरहेको सचिव रेग्मीले बताए । 

सदस्य सचिव नहुँदा राखेपको कर्मचारीले २ महिनादेखि तलब खान पाएका छैनन् भने नवौं राष्ट्रिय खेलकुदको तयारी अघि बढ्न सकेको छैन । साथै यसै वर्ष चीनमा हुने एसियन गेम्सको तयारीको काम समेत प्रभावित बनेको छ । 

Bajaj Pulsar Motorcycle Ad
#सदस्य सचिव

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

सय दिनमा सम्भव छ दशौं राष्ट्रिय खेलकुद ?

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

म्याट रस : ठूलो सपना देखाउने प्रशिक्षकको छोटो यात्रा

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो