काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान अर्जेन्टिनाले कोलम्बिया १-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।

खेलको २९ औं मिनेटमा मार्टिनेजले गोल गरेका हुन् ।
जितसँगैअर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई २९ खेलसम्म पुर्राएको हो ।
२०१९ बाट अर्जेन्टिनाले हार व्यहोरेको छैन ।
अर्जेन्टिनाले १५ खेलमा ३५ अंक जोडेको छ । अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।
अर्जेन्टिना यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
कोलम्बिया १७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
