काठमाडौं । डिफेन्डर नवीन गुरुङले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्णको सुरुआती-११ मा पर्दै नवीनले डेब्यु गरेका हुन् ।
लेफ्ट ब्याक नवीन न्युरोड टिम (एनआरटी) बाट ए डिभिजन लिग खेलिरहेका छन् ।
नवीनले उमेर समूहको टिमबाट भने खेलिसकेका छन् ।
नवीनको डेब्युसँगै नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो पल्ट खेल्ने अवसर दिएका खेलाडीको संख्या ११ पुगेको छ ।