मरिससविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक
मंगलबार, माघ १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ । नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्धको दोस्रो खेलका लागि किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका छन् ।
डिफेन्डर नविन गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । सुरुआती-११ मा पर्दै उनले डेब्यु गरेका हुन् ।
नेपालको सुरुआती-११ :
गोलकिपर - किरण लिम्बु
डिफेन्डर - सुजल श्रेष्ठ, दिनेश राजवंशी, नविन गुरुङ, देवेन्द्र तामाङ
मिडफिल्डर - एरिक विष्ट, तेज तामाङ, पुजन उपरकोटी
फरवार्ड - अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ

मरिससविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



