काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले गाबोनका फरवार्ड पिएरे एमरिक अबमेयाङलाई अनुबन्ध गरेको छ ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले ३२ वर्षीय स्ट्राइकर अबमेयाङलाई मंगलबार सार्वजनिक गर्ने बीबीसीले जनाएको छ ।
पूर्व कप्तान अबमेयाङले डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि आर्सनलका लागि खेलेका छैनन् ।
अबमेयाङले आर्सनलका लागि १ सय ६३ खेलमा ९२ गोल गरेका छन् ।
यस सिजन अबमेयाङले १५ खेलमा ७ गोल गरेका थिए ।