भान डी विक एभर्टनमा
सोमबार, माघ १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका मिडफिल्डर डोनी भान डी विक एभर्टनमा अनुबन्धित भएका छन् ।
एभर्टनले भान डी विकलाई लोनमा अनुबन्ध गरेको हो ।
डच मिडफिल्डर यस सिजनको अन्तिमसम्मका लागि लोनमा एभर्टन आएका हुन् ।
भान डी विक सन् २०२० मा आयाक्सबाट युनाईटेड आएका थिए ।
तर, उनले युनाईटेडमा प्रभाव जमाउन सकिरहेका थिएनन् ।
२४ वर्षीय मिडफिल्डरले युनाईटेडका लागि ५० खेलमा २ गोल गरेका छन् ।

भान डी विक एभर्टनमा






-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





