मिडफिल्डर डेनिस युभेन्ट्समा
सोमबार, माघ १७, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर डेनिस जाकारियालाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाखबाट डेनिसलाई अनुबन्ध गरेको हो ।
डेनिसले युभेन्ट्ससँग २०२६ सम्मको सम्झौता गरेका छन् ।
२५ वर्षीय मिडफिल्डर ५ वर्ष जर्मन क्लबमा बिताएर इटाली आएका हुन् ।
स्विस मिडफिल्डरले युभेन्ट्समा २८ नम्बरको जर्सी लगाउने छन् ।
स्वीजरल्याण्डका लागि उनले ४० खेलमा ३ गोल गरेका छन् ।
मिडफिल्डर डेनिस युभेन्ट्समा






-1762738260104.webp&w=3840&q=75)


-1762739191804.webp&w=3840&q=75)



