भार्गसले विश्वकप छनोट गुमाउने
सोमबार, १७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । चिलीका फरवार्ड इडुआर्डो भर्गसले बोलिभियाविरुद्धको विश्वकप छनोट खेल गुमाउने भएका छन् ।
गत बिहीबार अर्जेन्टिनाविरुद्धको खेलका क्रममा भर्गसको घुँडामा चोट लागेको थियो ।
अर्जेन्टीनासँग २–१ ले पराजित भएको खेलका क्रममा भर्गस घाइते भएका थिए र उनको स्थानमा भिक्टर डाभिलालाई खेलाइएको थियो ।
चिलीको फुटबल संघले ३२ वर्षीय भर्गसको स्थानमा कसलाई राख्ने भन्ने जनाएको छैन ।
चिली र बोलिभियाबीचको खेल मंगलबार ला पाजमा हुनेछ ।
कतार विश्वकपको सम्भावना कायमै राख्न दुबै टोलीलाई जितको आवश्यकता छ ।
#इडुआर्डो भर्गस






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


