सेनेगल सेमिफाइनलमा
सोमबार, १७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । सेनेगल अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा इक्वेटोरियल गिनीलाई ३-१ गोल अन्तरले हराउँदै सेनेगल अन्तिम चारमा पुगेको हो ।
खेलको २८ औं मिनेटमा फामराले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा जानिक बुयलाले गोल गर्दै गिनीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६८ औं मिनेटमा चिखोउ कौयाटेले गोल गर्दै सेनेगललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिस्माइला सारले गोल गर्दै सेनेगललाई ३-१ को जित दिलाए ।
अब सेनेगलले सेमिफाइनलमा बुर्किना फासोसँग खेल्नेछ ।
सेनेगल सेमिफाइनलमा






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


