ब्राजिलियन मिडफिल्डर ब्रुनो न्युकासलमा
२०२२ जनवरी ३०, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब न्युकासल युनाईटेडले ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमारेसलाई अनुबन्ध गरेको छ ।
न्युकासलले फ्रेन्च क्लब लियोनबाट मिडफिल्डर ब्रुनोलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले न्युकासलसँग साढे चार वर्षको सम्झौता गरेका छन् ।
न्युकासलले तेस्रो खेलाडीको रुपमा ब्रुनोलाई अनुबन्ध गरेको हो ।
ब्रुनोले लियोनका लागि ७१ खेल ३ गोल गरेका थिए ।
ब्रुनोले ब्राजिलका लागि ३ खेल खेलिसकेका छन् ।
न्युकासलमा उनले ३९ नम्बरको जर्सी लगाउने छन् ।
ब्राजिलियन मिडफिल्डर ब्रुनो न्युकासलमा