मरिससका दुई खेलाडी कोरोना मुक्त
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी राष्ट्र मरिससका दुई खेलाडी कोरोना मुक्त भएका छन् ।
मरिसस फुटबल एसोसियसनले कोरोना देखिएका चार खेलाडीमध्ये दुई खेलाडी कोरोनाबाट मुक्त भएको जनाएको छ ।
कोरोना मुक्त हुनेमा लोइक मिशेल र कर्लसन अगाथे रहेका छन् ।
दुबै खेलाडी टिममा सामेल भएका छन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल भोलि शनिबार हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ ।
मरिससका दुई खेलाडी कोरोना मुक्त







-1766593825391.webp&w=3840&q=75)






-1766583817323.jpg&w=3840&q=75)