अर्चले फुटबल कप माघ १५ देखि
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । तनहुँको श्री अर्चले युवा क्लबले पाँचौ अर्चले फुटबल कप आयोजना गर्ने भएको छ ।
प्रतियोगिता भानु नगरपालिकास्थित अर्चले खेलमैदानमा माघ १५ देखि २४ गतेसम्म हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ प्राप्त गर्नेछ ।
दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५ प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि दर्ता शुल्क ७ हजार ५ सय रहेको छ ।
#अर्चले फुटबल कप








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

