चिलीमाथि अर्जेन्टिनाको जित
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा अर्जेन्टिनाले चिलीलाई हराएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले हराएको हो ।
चिलीको मैदानमा एन्जल डी मारियाले दशौँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २० औं मिनेटमा बेन डियाजले गोल गर्दै चिलीलाई १-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ३४ औं मिनेटमा लाउटरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-१ को जित दिलाए ।
यस जितसँगै अर्जेन्टिनाले १४ खेलमा ३२ अंक जोडेको छ । अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ ।
अर्जेन्टिना यस अघि नै विश्वकपमा छनोट भईसकेको छ ।
चिली १६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
चिलीमाथि अर्जेन्टिनाको जित








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

