इरान विश्वकपमा छनोट
शुक्रबार, माघ १४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इरानले कतारमा यसै वर्ष हुने फिफा फुटबल विश्वकपका लागि स्थान पक्का गरेको छ ।
चिरप्रतिद्धन्दी इराकलाई १–० ले पराजित गर्दै इरानले विश्वकपमा स्थान पक्का गरेको हो ।
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।
इरानको जितमा मेधी तारेमीको एकमात्र गोल पर्याप्त रह्यो ।
तारेमीले ४८ औं मिनेटमा इरानका लागि निर्णायक गोल गरे ।
इरानले समूह ‘ए’ मा सात खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
#फिफा फुटबल विश्वकप








-1762660030983.webp&w=3840&q=75)




