ट्राओरे अनुबन्धको योजनामा बार्सिलोना
बिहिबार, १३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले उल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्धको लागि तयारी थालेको छ ।
बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धका लागि तयारी थालेको द एथ्लेटिकले जनाएको छ ।
यस अघि टोटेनहमले ट्राओरे अनुबन्धको प्रयास गरेको थियो । टोटेनहमको प्रस्ताव उल्भ्सले अस्वीकार गरेको थियो ।
स्पेनिस विंगर ट्राओरेको सम्झौता १८ महिनापछि सकिदैछ ।
२५ वर्षीय विंगर २०१८ मा उल्भ्स आएका थिए ।
ट्राओरे अनुबन्धको योजनामा बार्सिलोना






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


