मरिससका ४ खेलाडीमा कोरोना संक्रमण
मंगलबार, माघ ११, २०७८खेलपाटी संवाददाता
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी राष्ट्र मरिससका चार खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मरिसस फुटबल एसोसियसनले मंगलबार चार खेलाडीको कोरोना देखिएको जनाएको छ ।
कोरोना देखिने खेलाडीमा लोइक मिशेल, वाल्टर सेन्ट मार्टिन, हान्स पाटेट र कर्लसन अगाथे रहेका छन् ।
मरिससको टोली सोमबार नेपाल आईपुगेका थिए ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
मरिससका चार खेलाडीमा कोरोना संक्रमण







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)