नुएरको सम्झौता थप गर्दै बायर्न
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले गोलकिपर तथा कप्तान म्यानुएल नुएरको सम्झौता थप गर्ने भएको छ ।
जर्मन गोलकिपर नुएरको सम्झौता थप गर्न बायर्नले तयारी सुरु गरेको छ ।
बायर्नले नुएरलाई सन् २०२५ सम्म क्लबलाई राख्ने गरि तयारी गरेको बताईएको छ।
३५ वर्षीय गोलकिपर नुएर २०११ मा शाल्केबाट बायर्न आएका थिए ।
त्यसयता उनले निरन्तर बायर्नका लागि खेलिरहेका छन् ।
नुएरले बायर्नका लागि ३ सय १ बुन्डेसलिगा खेल खेलेका छन् ।
नुएरले जर्मनीका लागि १ सय ८ खेल खेलेका छन् ।
नुएरको सम्झौता थप गर्दै बायर्न








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

