रोय वाट्फोर्डको मुख्य प्रशिक्षक बन्दै
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब वाट्फोर्डले रोय हड्सनलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने भएको छ ।
वाट्फोर्डले इंग्ल्यान्डका पूर्व प्रशिक्षक रोयलाई टिम हेर्ने जिम्मेवारी दिने तयारी गरेको बीबीसीले जनाएको छ ।
वाट्फोर्डले सोमबार मुख्य प्रशिक्षक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको थियो ।
प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाट्फोर्डले मुख्य प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको हो ।
क्रिस्टल प्यालेस छाडेपछि रोयले कुनैपनि टिम हेरेका छैनन् ।
गत सिजनको अन्त्यसँगै प्रशिक्षक रोयले क्रिस्टल छाडेका थिए ।
रोय वाट्फोर्डको मुख्य प्रशिक्षक बन्दै








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

