मार्सियल सेभियामा अनुबन्धित हुँदै
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब सेभियाले फ्रेन्च स्ट्राइकर एन्थोनी मार्सियललाई लोनमा अनुबन्ध गर्ने भएको छ ।
मार्सियल अनुबन्धको लागि सेभिया र इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबीच सहमति बनेको छ ।
सेभियाले मार्सियललाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।
मार्सियलको मंगलबार मेडिकल हुने बताईएको छ ।
२६ वर्षीय स्ट्राइकर मार्सियल सन् २०१५ मा मोनाकोबाट युनाईटेड आएका थिए ।
त्यति बेला युनाईटेडले उनका लागि ३ करोड ६० लाख पाउन्ड तिरेको थियो र यसक्रममा उनी सर्वाधिक महँगा किशोर खेलाडी भएका थिए ।
युनाईटेडका लागि उनले २ सय ६८ खेल खेल्दै ७९ गोल गरेका छन् ।
मार्सियलले यस सिजन दुई प्रिमियर लिग खेलमा १ गोल गरेका छन् ।
उनले यस सिजन सबैखाले प्रतियोगितामा १० खेल खेलेका छन् ।
मार्सियल सेभियामा अनुबन्धित हुँदै








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

