स्टेडियम बाहिर झडप हुँदा ६ जनाको मृत्यु
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेसन्सको खेल आयोजना भइरहेको स्टेडियम बाहिर भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
ओलेम्बे स्टेडियम बाहिर भएको झडपमा थप दर्शनौ मानिस घाइते भएका छन् ।
कैयौ बालबालिकाहरु बेहोस भएका छन् ।
क्यामरुनको सेन्ट्रल रिजनका गर्भनर नासेरी पाउल वियाले थप मानिसको हाताहती भएको हुनसक्ने बताएका छन् ।
भिडियोहरुमा देखिए अनुसार फुटबल हेर्न दर्शकहरु संघर्ष गरिरहेका थिए ।
स्टेडियमको दर्शक क्षमता ६० हजार भएपछि कोभिडका कारण ८० प्रतिशत सिटका लागि मात्र टिकट विक्री गरिएको थियो ।
तर आयोजक क्यामरुनको कोमोरोसविरुद्धको खेल हेर्न ५० हजार भन्दा बढी दर्शकहरु स्टेडियम प्रवेश गर्न खोजेका थिए ।
#अफ्रिका कप अफ नेसन्स








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

