इटालीको राष्ट्रिय टोलीमा बालोटोलीको पुनरागमन
सोमबार, १० माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । फरवार्ड मारियो बालोटोलीले इटालीको राष्ट्रिय फुटबल टिममा पुनरागमन गरेका छन् ।
इटाली फुटबलले घोषणा गरेको टिममा बालोटोली अटाएका छन् ।
प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ नर्थ म्यासेडोनियाविरुद्धका लागि घोषणा गरेको टिममा बालोटोली अटाएका हुन् ।
सन् २०१८ पछि बालोटोली पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।
उनले अन्तिम पटक सन् २०१८ को सेप्टेम्बरमा इटालीका लागि खेलेका थिए ।
बालोटोली टर्कीको एडना डेमिरस्पोरबाट खेलिरहेका छन् । उनले यस सिजन २१ खेलमा नौ गोल गरिसकेका छन् ।
३१ वर्षका बालोटोलीले इटालीका लागि ३६ खेलमा उनले १४ गोल गरेका छन् ।
इटालीको राष्ट्रिय टोलीमा बालोटोलीको पुनरागमन








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

