मिडफिल्डर बोगा एट्लान्टामा
सोमबार, माघ १०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । इटालियन क्लब एट्लान्टाले मिडफिल्डर जेरमी बोगालाई अनुबन्ध गरेको छ ।
एट्लान्टाले आइभरी कोस्टका मिडफिल्डर बोगालाई सासोउलोबाट अनुबन्ध गरेको हो ।
२५ वर्षीय मिडफिल्डरले एट्लान्टासँग ५ वर्षेको सम्झौता गरेका छन् ।
चेल्सीका पूर्व खेलाडी बोगा सासोउलोमा तीन वर्ष बिताएर एट्लान्टा आएका हुन् ।
सासोउलोका लागि उनले यस सिजन १२ सिरी ए खेल खेलेका थिए ।
बोगाले आइभरी कोस्टका लागि ७ खेलमा १ गोल गरेका छन् ।
मिडफिल्डर बोगा एट्लान्टामा






-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)



-1762650613586.webp&w=3840&q=75)
