‘नेपालसँगको खेलका लागि उत्साहित छौ’
सोमबार, १० माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । मरिसस फुटबल टिमका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित रहेको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिदै प्रशिक्षक टोनीले नेपालसँगको मैत्रीपूर्णका लागि आफ्नो टिम उत्साहित रहेको बताएका हुन् ।
मरिससले दशरथ रंगशालामा नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
खेल जनवरी २९ र फेब्रुअरी १ तारिखमा हुनेछ ।
मानकोरले नेपाल बलियो टोली रहेको समेत बताए ।
‘नेपाल बलियो टोली हो तर मरिसस र नेपालबीचको खेल प्रतिस्पर्धात्मक हुने छ,’ प्रशिक्षक टोनी फ्रान्कोइसले जनाए ।
मरिससले नेपालविरुद्धको मैत्रीपूर्ण खेललाई सन् २०२३ मा हुने अफ्रिका कप अफ नेसन्सको छनोटको तयारीको रुपमा लिएको छ ।
नेपालले भने पहिलो पटक अफ्रिकी राष्ट्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
#मरिसस








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

