काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमसँगको मैत्रीपूर्ण खेलका अफ्रिकी राष्ट्र मरिससको टिम नेपाल आईपुगेका छन्।
मरिससको टोली सोमबार नेपाल आईपुगेका छन् । मरिससको टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरे ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दुई खेलको मैत्रीपूर्ण जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
मरिसस फिफा वरीयतामा १ सय ७२ औं स्थानमा रहेको छ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।