पीएसजीको फराकिलो जित
सोमबार, १० माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले रिम्सलाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा मार्को भेराट्टीले ४४ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ६२ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।
वोउट फेसले ६७ औं मिनेटमा आत्मघाती गोल गरेपछि पीएसजीको अग्रता ३-० को बन्यो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा डानिलो पेरीराले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।
यस जितसँगै पीएसजीले २२ खेलमा ५३ अंक जोडेको छ ।
रिम्स २४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
पीएसजीको फराकिलो जित








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

