सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान

आइतबार, माघ ९, २०७८खेलपाटी संवाददाता
हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान
Classic Tech Internet Ad

पोखरा । यूकेबाट पोखरा आएका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका पदाधिकारीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले स्वागत गरेको छ । बगर भाइखलक यूके, सहारा यूके, तमु धिँ यूके र पोखरेली मञ्च यूकेका पदाधिकारीहरुलाई पोखरामा दुई संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागतसँगै सम्मान गरेको हो ।

उक्त अवसरमा दुई संस्थालाई यूकेबाट नगद सहयोग पनि हस्तान्तरण गरिएको छ । यस्तै, पाँचौ स्व. रञ्जित गुरूङ स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साईड अन्तराष्ट्रिय भेट्रान (४०+) फुटबल प्रतियोगितामा सहप्रायोजन वापतको दुई लाख रुपैंया पनि हिमालयन ब्रुअरीले बगर भाइखलकलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा समर्पित यस्ता व्यक्तित्वहरुकै कारण नेपाली खेल क्षेत्र अघि बढेको उल्लेख गरे ।

‘गण्डकी प्रदेशमा खेलकुदको बजेट ०.८ प्रतिशत मात्रै छ । खेलकुद जस्तो महत्वपूर्ण विषय यसरी पछाडि परेको छ । खेलकुदको विकासमा सबै लाग्नुपर्छ ,’ गुरुङले भने,  ‘हामी सही ठाउँमा छौँ । खेलकुदलाई स्वास्थ्यको अभिन्न अंग मान्न नसक्ने ठाउँमा हामी जिम्मेवार तहमा पुग्नु राम्रो कुरा हो । जिम्मेवारी वहन गर्दै खेलकुदलाई अघि बढाउन हामी लाग्नुपर्छ, लागिरहेका छौं ।’

 दुई संस्थाको संयुक्त कार्यक्रमको अध्यक्षता नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली र बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङले गरेका थिए । सहभागीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष पराजुलीले फागुन ७ मा हुने प्रतिष्ठित म्याराथुन प्रतियोगिताको तयारीमा जुटेको बताए । उनले गत वर्ष कोरोना महामारीका कारण ४ चरणमा सम्पन्न गरेको प्रतियोगिता यस पटक सहज अवस्था भए एकै पटकमा र नभए २ चरणमा गर्ने गरी तयारी गरेको पनि जानकारी गराए ।

उक्त अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व नविन गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष दिलराज गुरूङ, सहारा यूकेका अध्यक्ष कुसाङ गुरूङलगायतले ४ संस्थाबाट प्रतिनिधित्व भएपनि सबै जसो तमु धिँमा आबद्ध रहेकाले सबै मिलेर, हातेमालो गर्दै अघि बढ्ने उल्ल्ेख गरे ।

उक्त अवसरमा सहारा यूके र तमु धिँ यूकले संयुक्त रुपमा भूतपूर्व खेलाडी मञ्चलाई नगद एक लाख एक सय प्रदान गरेको छ । यस्तै, बगर भाइखलकलाई उपस्थिति पदाधिकारीहरुले संकलन गरी ६० हजार पनि हस्तान्तरण गरेको छ ।

हिमालयन ब्रुअरीका अरूण कुमार चौधरीको अनुपस्थितमा बजार व्यवस्थापक योगेन गौतमले बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे । व्यवस्थापक गौतमले आगामी दिनमा सहकार्य निरन्तर रहने उल्लेख गरे । प्रायोजन गर्न समन्वयकर्ताको भूमिका खेलेका नविन गुरुङले आगामी वर्षदेखि वार्षिक ५ लाख प्रदान गर्ने गरी ५ वर्षसम्मका लागि हिमालयन ब्रुअरीले मूख्य प्रायोजन गर्नेबारे खुलासा गरेका थिए । कार्यक्रमको सञ्चालन बगर भाई खलकका महासचिव यामबहादुर गुरुङले गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad
हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै