शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

कुँवर र रायमाझी सेमिफाइनलमा

बिहिबार, २९ पौष २०७८खेलपाटी संवाददाता
कुँवर र रायमाझी सेमिफाइनलमा
mustang rice ad

काठमाडौं । कृषि विकास बैंकका टक्कर कुँवर र लुम्बिनी जेनेरल इन्स्योरेन्सका गणेश रायमाझी आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको बैंक तथा इन्स्योरेन्स सिंगलतर्फ कुँवरले एनआईसी एसिया बैंकका रञ्जन खड्कालाई २१–१०, २१–१६ को सेटमा पराजित गरे । यसैगरी रायमाझीले इशा एन्ड इसिका इन्भेस्टमेन्टका नारायणप्रसाद गौतमलाई २१–४, २१–१५ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । कुँवरले अन्तिम १६ को खेलमा राष्ट्रिय वाणिज्य बैंकका गुप्त केसीलाई २१–१६, २१–१८ को सेटमा पराजित गरेका थिए ।

सोही विधामा सिटिजन लाइफ इन्स्योरेन्सका अभिषेक बोस र नेपाल एसबीआई बैंकका नवराज जोशीले पनि सेमिफाइनलमा स्थान बनाएका छन् । बोसले राष्ट्रिय वाणिज्य बैंकका सुविन्द्र महर्जनलाई २१–३, २१–८ तथा जोशीले महालक्ष्मी लाइफ इन्स्योरेन्सका सञ्जय कपालीलाई २१–८, २१–१५ ले हराए ।

यस्तै रेगुलर मेन्स सिंगलको पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिन्दवासिनी प्रिन्टिङ एन्ड प्याकेजिङ उद्योगका विशाल खड्काले एनसेलका समाज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । खड्काले पौडेलविरुद्ध २१–११, २१–१९ को जित निकाले । जेस्ट सेभिङ एन्ड क्रेडिटका सुजन थापाले न्यु बीएस इन्टरप्राइजेजका अभिषेक गुरुङलाई २१–१५, २१–१७ को सेटमा पराजित गरे । युनिक स्पोर्ट्सका अनिल लाखे र बीएनएम सप्लायर्सका विश्वास नेपाल पनि अन्तिम चारमा पुगेका छन् । क्वार्टरफाइनलमा लाखेले नेसनल एयर पब्लिक ट्राभलका रुपल बाडेलाई २१–५, २१–८ र नेपालले एनसेलका सुकान्त अधिकारीलाई २१–३, २१–११ ले पाखा लगाए । यसअघि जेस्टका थापाले एनसेलका सौरभ शान र लाखेले एनसेलकै रञ्जन शर्मालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

यसैगरी रेगुलर मेन्स डबल्सतर्फ पनि क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विन्दवासीनिका विशाल खड्का र बीएनम सप्लायर्सका विश्वास नेपालको जोडीले महालक्ष्मी विकास बैंकका रत्नबहादुर भण्डारी र गणेशबहादुर साउदलाई २१–१८, २१–६ को सेटमा पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नेपाल एसबीआई बैंकका जोशी र युनिक स्पोर्टस्का लाखेले एनसेलका अधिकारी र शानलाई २१–९, २१–१५ ले पाखा लगाए । यस्तै सिटिजन लाइफका बोस र नाइग्रा फल्सका एस श्रेष्ठले प्रभु बैंकका सुदेशकुमार देवकोटा र राजु केसीलाई २१–४, २१–३ ले पाखा लगाए । यस्तै कृषि विकास बैंकका टक्कर कुँवर र वसन्त थापाले नेपाल इन्भेस्टमेन्ट बैंकका रामजी केसी र  विजेन्द्र सुवाललाई २१–१५, २१–१३ को सेटमा पराजित गरे । रेगुलर मेन्स डबल्समै इसा एन्ड इसिकाका गौतम र न्यु बीएसका अभिषेक गुरुङले प्रभु बैंकका सुरेश कँडेल र मनिराम पोख्रेललाई २१–१२, २१–५ ले पाखा लगाए ।   महालक्ष्मी लाइफका सन्जय कपाली र डेभिडका एस कटुवालले एनसेलका समाज पौडेल र रञ्जन शर्मालाई २१–१८, २१–९ ले हराए ।  यस्तै राष्ट्रिय वाणिज्य बैंकका पुष्पसी थापा र राजु थापाले एनसेलका दीपक पाण्डे र रवीन्द्र यादवलाई पराजित गरे । आरकेस टेड्रिङका आर बानियाँ र जेस्टका सुजन थापाले एभरेष्ट बैंकका सन्तोस भट्टराई र पुष्पराज उप्रेतिलाई २१–११, २१–१० को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए । यसअघि कृषिका कुँवर र थापाले वाणिज्य बैंकका केसी र महर्जनलाई २१–१२, २१–१८ तथा इसा एन्ड इसिकाका गौतम र गुरुङले इन्भेस्टमेन्टका काशीनाथ ज्ञवाली र सुजन महर्जनलाई २१–१७, २१–११ को सेटमा पाखा लगाएँदै अन्तिम १६ मा स्थान बनाएका थिए ।

यसअघि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।

 

LiNing Ad
कुँवर र रायमाझी सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

आर्मीले जित्यो २५ औं पुरुष राष्ट्रिय कबड्‌डी प्रतियोगिताको उपाधि

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

टाइगर कपको उपाधिका लागि गण्डकी र पर्वत भलिबल भिड्ने

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो उपाधि

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

उधारो ब्याटमा करिअरकै उत्कृष्ट इनिङ्स, तर सन्तुष्ट छैनन् डि कक

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

पुलिसलाई हराउँदै न्यु डायमन्डले जित्यो टाइगर कप

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

आर्मीले तेस्रो स्थानका लागि खेल्ने पक्का

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी

संकटालाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी