काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका विंगर किङ्स्ले कोमानले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
क्लबसँगको सम्झौता एक वर्ष बाँकी रहदै कोमानले नवीकरण गरेका हुन् ।
अब २५ वर्षीय कोमान २०२७ सम्म बायर्नमा रहने छन् ।
फ्रेन्च विंगर कोमान २०१७ मा युभेन्ट्सबाट बायर्न आएका थिए ।
त्यसअघि दुई सिजन उनले बायर्नमा लोनमा खेलेका थिए ।