काठमाडौं । अफ्रीका कप अफ नेसन्समा मालीले सुखद सुरुआत गरेको छ ।
बुधबार राति भएको खेलमा ट्युनिसियालाई १-० गोल अन्तरले हराउँदै मालीले सुखद सुरुआत गरेको हो ।
मालीको जितमा इब्राहिम कोनले निर्णायक गोल गरे ।
इब्राहिमले खेलको ४८ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।
जुन गोल मालीको जितमा निर्णायक बन्यो ।

ट्युनिसियाले भने पेनाल्टीमा गोल गर्न सकेन ।
खेलको ७७ औं मिनेटमा वाहबी खाजरीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहार मालीका गोलकिपर इब्राहिम मौनकोरोले बचाए ।
यस्तै खेलको ८७ औं मिनेटमा बिलाल टाउरेले रातो कार्ड पाएपछि माली १० खेलाडीमा समेटिएको थियो ।
यस्तै अन्तिम पाँच मिनेट खेल विवादास्पद बन्यो ।
रेफ्री जेनी सिकज्वेले पाँच मिनेट अगाडी खेल सकिएको इशारा गर्दै सिट्ठी बचाएपछि विवाद उत्पन्न भएको थियो ।

पछि आयोजकले खेल पुरै समय खेलाउन निर्देशन दिएको थियो । तर, ट्युनिसियाका खेलाडी मैदान फर्केनन् र मालीलाई विजेता घोषित गरिएको थियो ।
यस जितसँगै समूह एफको मालीले ३ अंक जोडेको छ । ट्युनिसियाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।