काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले डिफेन्डर लुकास डिग्नेलाई अनुबन्ध गर्ने भएको छ ।
एस्टनले लुकासलाई एभर्टनबाट अनुबन्ध गर्न लागेको हो ।
लुकास अनुबन्धको लागि एस्टन र एभर्टनबीच सहमति बनेको बताईएको छ ।
फ्रेन्च डिफेन्डर लुकासलाई २५ मिलियन पाउण्डमा एस्टनले अनुबन्ध गर्न लागेको हो ।
एस्टनले दोस्रो खेलाडीको रुपमा २८ वर्षीय डिफेन्डर अनुबन्ध गर्न लागेको हो ।
यस अघि बार्सिलोनाबाट एस्टनले मिडफिल्डर फिलिपे कोउटिन्होलाई लोनमा अनुबन्ध गरिसकेको छ ।