• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सञ्जु र जुनुमायाको राष्ट्रिय कीर्तिमान
खेलपाटी संवाददाता
बुधबार, पुस २८, २०७८ खेलपाटी संवाददाता
सञ्जु र जुनुमायाको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।

१३ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियर तर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा १७१ केजी तौलमा सुधार गर्दै स्नाचमा ७८ केजी, क्लिन एण्ड जर्कमा ९८ केजी सहित कुलमा १७६ केजी तौलका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

उनले स्नाचमा पहिलो प्रयासमा ७० केजी भार बहन गरेकीमा दोश्रोमा ७५ केजी तौल भार बहन गर्दै कीर्तिमानमा सुधार गरेकी थिईन् । पुनः तेश्रो प्रयासमा ७८ केजीका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यस्तै क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार बहन गरेकी उनले दोश्रो प्रयासमा ९८ केजी भार बहन गर्न असमर्थ भईन् । तर तेश्रो प्रयासमा ९८ केजी तौललाई सहजताका साथ बहन गर्दै कुलमा १७६ केजी भारका साथ नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

५९ केजी तौलको दोश्रो स्थान प्राप्त गरेकी नेपाली सेनाकी प्रसंशा पुनले स्नाचमा ४८ केजी, क्लिनमा ५७ केजी गरि कुल १०५ केजी भार बहन गरिन् । यस्तै सशस्त्र प्रहरी बलकी सरिता लामाले स्नाचमा ४३ केजी, क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार बहन गरिन् ।

यस्तै ७१ केजी तौलमा नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले पनि कीर्तिमानमा आफ्नो नाम लेखाईन् । उनले स्नाचमा ६८ केजी र क्लिन एण्ड जर्कमा ८८ केजीका साथ कुल १५६ केजी भार बहन गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । यस अघि यस तौल समूहको कीर्तिमान नेपाल प्रहरीकी राजलक्ष्मी थापाको नाममा रहेको थियो । थापाले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी र कुलमा १५४ केजीको कीर्तिमान तेश्रो सुनिल लाल स्मृती भारोत्तोलन प्रतियोगितामा राखेकी थिईन् ।

No description available.

दोश्रो स्थानमा सशस्त्र प्रहरी बलकी सरस्वती गुरुङ्ग रहिन् । उनले स्नाचमा ५८ केजी, क्लिनमा ६९ केजी गरि कुल १२७ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी सशस्त्र प्रहरीकै अन्जली श्रेष्ठले कुल १०८ केजी भार बहन गरिन् । उनले स्नाचमा ४८ केजी र क्लिनमा ६० केजी भार बहन गरेकी हुन् ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको ५९ केजी तौल समूहको युथ तर्फ एक्लै प्रतिस्पर्धा गरेकी सप्तरीकी सरिता यादवले स्नाचमा ४६ केजी, क्लिन एण्ड जर्कमा ६० केजीका साथ कुलमा १०६ केजी भारका साथ स्वर्ण हात पारिन् ।

महिला ५५ केजी तौलको युथमा सप्तरीकी पुजा मण्डलले स्नाचमा ४० केजी, क्लिनमा ५६ केजी गरि कुलमा ९६ केजी भारका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थानमा रहेकी बर्दियाकी सामना थारुले स्नाचमा ३५ केजी, क्लिनमा ३८ केजी गरि कुल ७३ केजी भार बहन गरिन् । यस्तै तेश्रो स्थान प्राप्त गरेकी सप्तरीकी सन्तोशी यादवले स्नाचमा ३० केजी, क्लिनमा ४० केजीका साथ कुलमा ७० केजी भार बहन गरिन् ।

जुनियर तर्फ बर्दियाकी नन्दा थापा मगरले स्वर्ण हात पारिन् । उनले स्नाचमा ४६ केजी, क्लिनमा ५३ केजी गरि कुल ९९ केजी भार बहन गरिन् । दोश्रो स्थानमा दाङ्गकी राधिका चौधरी रहिन् । उनले स्नाचमा ३६, क्लिनमा ४२ गरि कुल ७८ केजी भार बहन गरिन् ।

महिलाको ५५ केजीकै सिनियर तर्फ नेपाली सेनाका खेलाडीहरुले बर्चस्व राखे । सेनाकी प्रभा थारुले स्वर्ण, सृजना तामाङ्गले रजत र अस्मिता पुलामीले कास्य हात पारे । प्रभाले स्नाचमा ५२, क्लिनमा ६८ गरि कुल १२० केजी, सृजनाले स्नाचमा ४४, क्लिनमा ५१ ग्रि कुलमा ९५ केजी र अस्मिताले स्नाचमा ४०, क्लिनमा ५५ गरि कुलमा ९५ केजीका साथनै प्राविधिक आधारमा तृतीय स्थानमा आईन् । प्राविधिक संजय महर्जनका अनुसार समान तौल बहन भएता पनि जसले पहिले तौल बहन गर्छ उसलाई पहिलो प्रार्थमिकता प्राप्त हुने  नियम रहेका कारण समान तौल भएता पनि सृजनाले दोश्रो स्थान प्राप्त गरेकी हुन् ।

महिलाको ६४ केजी तौल समूहको युथ तर्फ बर्दियाकी जयकला थापा मगरले स्वर्ण जितिन् । उनले स्नाचमा ४८ केजी, क्लिनमा ५६ केजी गरि कुलमा १०४ केजी भार बहन गरिन् । यस्तै ललितपुरकी खुशी थापाले युथ र जुनियर दुवै तर्फ रजत प्राप्त गरिन् । खुशीले स्नाचमा ३७ केजी, क्लिनमा ५२ केजी गरि कुल ८९ केजी भार उचालिन् ।

जुनियर तर्फ बर्दियाकी ललिता हेमरानाले स्वर्ण प्राप्त गरिन् । ललिताले स्नाचमा ४० र क्लिनमा ५५ केजी गरि कुल ९५ केजीका भार उचालिन् । यस्तै यस स्पर्धामा नेपाली सेनाकी श्रृजना सारुले तृतीय स्थान प्राप्त गरिन् । सारुले स्नाचमा ३५ र क्लिनमा ५० गरि कुल ८५ केजी तौल उचालिन् ।

यस स्पर्धाको सिनियर तर्फ सेनाकी शारदा चौधरीले स्वर्ण हात पारिन् । उनले स्नाचमा ६७ केजी, क्लिनमा ८० केजी गरि कुल १४७ केजी तौल उचालिन् । दोश्रो स्थानमा रहेकी प्रहरीकी देवी चौधरीले स्नाचमा ६४, क्लिनमा ७७ सहित कुल १४१ केजी भार उचालिन् । प्रहरीकै पुजा कुमाल तेश्रो भईन् । उनले स्नाचमा ५० केजी, क्लिनमा ६७ केजी सहित कुल ११७ केजी भार उचालिन् ।

No description available.

पुरुष ७३ केजी तौलको सिनियर तर्फ सेनाका जीवन तामाङ्गले स्वर्ण हात पारे । उनले स्नाचमा ८६ केजी र क्लिनमा ११३ गरि कुलमा १९९ केजीका साथ स्वर्ण हात पारेका हुन् । दोश्रो स्थानमा सशस्त्र प्रहरीका राहुल कुमार दास रहे ।  उनले स्नाचमा ८२ क्लिनमा १०२ केजीका साथ कुल १८४ केजी भार बहन गरे । तेश्रो स्थानमा कास्कीका धनबहादुर झाक्री मगर रहे । उनले स्नाचमा ८५ र क्लिनमा ९८ केजी गरि कुल १८३ केजी भार बहन गरे ।

७३ केजी तौलको जुनियर र युथ तर्फको दुवै स्वर्ण कञ्चनपुरका हेमन्त पालले हात पारे । उनले दुवै स्पर्धामा सहभागिता जनाएका थिए । पालले स्नाचमा ७७, क्लिनमा ९५ केजी गरि कुलमा १७२ केजीका साथ स्वर्ण हात पारेका हुन् । युथले जुनियर र सिनियर तर्फ पनि प्रतिस्पर्धा गर्न पाईने संघका सदस्य एवं प्राविधिक संजय महर्जनले जानकारी गराए ।

जुनियर तर्फ सशस्त्र प्रहरीका लाहाङ्ग थाम्सुहाङ्गले स्नाचमा ६७ केजी, क्लिनमा ८७ केजी गरि कुलमा १५४ केजीका साथ रजत हात पारे हात पारे । यस्तै कञ्चनपुरका अभिषेक बिष्टले स्नाचमा ६२, क्लिनमा ७६ गरि कुलमा १३८ केजीका साथ कास्य पदक पाए ।

युथ तर्फ पर्साका अभय यादवले स्नाचमा ५०, क्लिनमा ६० गरि कुल ११० केजीका साथ रजत प्राप्त गरे ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP