• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गणेशको राष्ट्रिय कीर्तिमान 
खेलपाटी संवाददाता
मंगलबार, पुस २७, २०७८ खेलपाटी संवाददाता
गणेशको राष्ट्रिय कीर्तिमान 
तस्बिर - श्याम चित्रकार/ग्राफिक्स आर्ट्स

काठमाडौं ।  नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान राख्न सफल भएका छन् ।

सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै कीर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै कीर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।

महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको कीर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ कीर्तिमान कायम गरेका थिए । लगतै महातोको कीर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।

ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेश्रो स्थानमा रहे । पहिलो स्थानमा सेनाका तुलाारामनै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गरे । यस्तै दोश्रो स्थानमा गणेश रहे । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरि समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गरे ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्वर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।

यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्शाका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुलमा १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।

महिला तर्फ युथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । थारुले स्नाचमा ३८ केजी, क्लिन एण्ड जर्कमा ५० केजी गरि कुल ८८ केजी भार बहन गरिन् । यस्तै यादबले स्नाचमा ३० र क्लिनमा ३५ केजी गरि कुल ६५ केजी भार बहन् गरिन् । ४९ केजी युथमा सप्तरीकी अञ्जली यादवले स्नाचमा ३५ केजी र क्लिनमा ४१ केजी गरि कुल ७६ केजीका साथ स्वर्ण प्राप्त गरिन् । यस्तै दाङ्गकी निशा चौधरीले स्नाचमा ३४ केजी, क्लिनमा ३८ केजीका साथ कुल ७२ केजीका साथ रजत र झापाकी सोनीदेवी दाशले स्नाचमा २८ केजी, क्लिनमा ४० केजी गरि कुलमा ६८ केजी भारका साथ कास्य पाईन् ।

जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरि कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । ४९ केजीमा बर्दियाकी पवित्रा थापा मगरले स्वर्ण जित्दा दाङ्गकी सन्जना चौधरीले रजत पाईन् । दुई खेलाडीविच भएको प्रतिस्पर्धामा थापा मगरले स्नाचमा ४५ केजी, क्लिनमा ५६ केजीका साथ कुल १०१ केजीका साथ स्वर्ण प्राप्त गरेकी हुन् । यस्तै चौधरीले स्नाचमा ३५, क्लिनमा ४७ केजी गरि कुलमा ८२ केजी भार बहन गरिन् ।

महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् । उनले स्नाचमा ५२ केजी र क्लिनमा ६१ केजी गरि कुल ११३ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी झापाकी करिना चौधरीले स्नाचमा ४८ केजी, क्लिनमा ६१ गरि कुलमा १०९ केजी भार बहन गरिन् । तेश्रो स्थानमा रहेकी नेपाल प्रहरीकी हिरामती थारुले स्नाचमा ४६ केजी र क्लिनमा ५५ केजीका सा १०१ केजी भार बहन गरिन् ।

महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरि कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरि कुल ९५ केजी भार बहन गरिन् ।

पुरुषको ६१ केजी तौल समूहको युथमा बर्दियाका करन थारुले स्नाचमा ५० र क्लिनमा ५५ गरि कुलमा १०५ केजी भार बहन गरे । यस स्पर्धामा उनी एक्ला खेलाडी भएकाले स्वर्ण पदकको स्वतः हकदार बने ।
जुनियर तर्फ बर्दियाका अजय थारुले स्वर्ण हात पारे । अजयले स्नाचमा ६५ र क्लिनमा ८० केजीका साथ कुल १४५ केजी भारका साथ स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा बर्दियाकै सुशन्त थारु रहे । उनले स्नाचमा ६० र क्लिनमा ८० गरि कुलमा १४० केजी भार उचाले । यस्तै तेश्रो स्थानमा रहेका सशस्त्र प्रहरीका पारश देशारले स्नाचमा ६२ केजी र क्लिनमा ७३ केजीका साथ कुल १३५ केजी भार उचाले ।

सिनियर तर्फ सेनाका राजु चौधरीले स्वर्ण जिते । राजुले स्नाचमा ९१ र क्लिनमा ११० केजीका साथ २०१ केजी भार बहन गरे । यस्तै प्रहरीका मुई लामाले रजत प्राप्त गरे । मुईले स्नाचमा ९१, क्लिनमा १०५ गरि १९६ केजी भार बहन गरे । तेश्रो स्थामा रहेका प्रहरीकै अशोक कुमार शाहले कुल १५८ केजी भार बहन गरे । उनले स्नाचमा ७३ केजी र क्लिनमा ७५ केजी भार बहन गरे ।

कार्यक्रममा १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता कमल बहादुर अधिकारी र १३ औं सागमा स्वर्ण पदक प्राप्त गर्न सफल बिकास थापा र सञ्जु चौधरीलाई, संस्कृतिविद् सत्यमोहन जोशी, मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ पूर्ण शंकर श्रेष्ठले नगदसहित सम्मान गरेका थिए । पूर्णशंक श्रेष्ठले ब्यक्तिगत रुपमा नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।


 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालले टस जित्यो
नेपालले टस जित्यो
नेपाललाई जित्नैपर्ने दबाब
नेपाललाई जित्नैपर्ने दबाब
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
बार्सिलोनाको उपाधि उत्सव खल्लो
बार्सिलोनाको उपाधि उत्सव खल्लो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP