काठमाडौं । इंग्लिस क्लब उल्भ्सले जापानी मिडफिल्डर हायाओ कावाबेलाई अनुबन्ध गरेको छ ।
उल्भ्सले स्विस क्लब ग्रासहोपर क्लब जुरिचबाट मिडफिल्डर कावाबेलाई अनुबन्ध गरेको हो ।
२६ वर्षीय मिडफिल्डरले उल्भ्ससँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।
तर, उनले यस सिजन स्विस क्लबबाटै खेल्नेछन् । सिजनको अन्तिमसम्मका लागि उनलाई उल्भ्सले लोनमा पठाएको हो ।
कावाबेले २०२१ को मार्चमा दक्षिण कोरियाविरुद्ध खेल्दै जापानका लागि डेब्यु गरेका थिए ।
कावाबेले जापानका लागि ४ खेल खेलेका छन् ।