काठमाडौं । बार्सिलोनाले कोपा डेल रे फुटबलमा पुनरागमन जित निकालेको छ।
बुधबार राति भएको राउण्ड अफ ३२ को खेलमा बार्सिलोनाले पुनरागमन गर्दै लिनारेस डिपोर्टिभोलाई २-१ गोल अन्तरले हराएको छ ।
लिनारेसको मैदानमा एन्टोनियो लुइज डियाजले १९ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।
तर, दोस्रो हाफमा बार्सिलोना खेल्न फर्कियो ।

खेलको ६३ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
यस जितसँगै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।
लिनारेसविरुद्धको खेलबाट डानि अल्भेसले बार्सिलोनाका लागि डेब्यु समेत गरे ।
