काठमाडौं । रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।
बुधबार राति भएको राउण्ड अफ ३२ को खेलमा तेस्रो डिभिजनको अल्कोयानोलाई ३-१ ले हराउँदै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।
खेलको ३२ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
६६ औं मिनेटमा डानिल भेगाले गोल गर्दै अल्कोयानोलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७६ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा जोसे जानले आत्मघाती गोल गरेपछि रियलले ३-१ को जित निकाल्यो ।